बिहीबार, चैत १५, २०८०
09:48 | १५:३३

नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च

२४ घन्टामा थप ४ हजार ३ सय ६४ जना संक्रमित

नेपाली लिङ्क अक्टोबर ८, २०२०

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र बढ्दै गएको छ । विगत दुई दिनयता संक्रमित संख्या अत्यधिक बढेको हो ।

पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये उपत्यकामा मात्र २ हजार ५ सय ४० जना छन् ।

जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र  भक्तपुरमा १ सय ३५ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै  देशभर कोरोना निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४  घण्टामा थप  १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५ सय ९० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू