शुक्रबार, भदौ २८, २०८१
22:31
|
०३:१६
ब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी
रासस-एएफपी
अक्टोबर ३, २०२०
लन्डन, १७ असोज– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताएका छन् ।
यूरोपेली संघ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयेनसँग शनिबार वार्ताको तयारी भइरहेका समय उनको यो भनाइ आएको हो ।
जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भने, “सम्झौता बिना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ ।
बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उनको धारणा थियो ।
बेलायत र ईयूका वार्ताकर्ताहरूले भने शुक्रबारको व्यापार वार्ता प्रमुख क्षेत्रहरुमा गतिरोध बन्न गएको र यस वर्षको अन्त्यमा ‘नो डिल’ हुनबाट जोगिनको लागि लन्डनले ब्रसेल्सलाई आग्रह गरेको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५