शुक्रबार, वैशाख ७, २०८१
04:38 | ०९:२३

गोर्खाहरुको च्यारिटी फिल्म शोबाट हस्पिसलाई सहयोग

गोर्खाहरुले गरेको मेहनतको प्रशंसा

नेपाली लिङ्क अक्टोबर ३, २०२०

लन्डन । बेलायतको क्याटरिकस्थित ‘इन्फेन्ट्री ट्रेनिङ सेन्टर’ का गोर्खा सैनिकहरुले च्यारिटी शोमार्फत एक स्थानीय ‘हस्पिस’ लाई सहयोग जुटाएका छन् ।  

लकडाउनका समय च्यारिटी फिल्म शो आयोजना गरी ८ सय ५० पाउन्ड सहयोग जुटाइएको हो । 

संकलित रकम डार्लिङ्टनस्थित ‘सेन्ट टेरेसाज हस्पिस’ लाई हस्तान्तरण गरिएको छ । उक्त हस्पिसले साउथ डर्हाम तथा योर्कशायर क्षेत्रमा जीवनको अन्तिम चरणमा रहेका मानिसहरुलाई ‘एन्ड अफ लाइफ केयर’ प्रदान गर्दै आएको छ ।  

च्यारिटी फिल्म शोको संयोजन कर्पोरलद्वय अनिल राई र सन्तोष श्रेष्ठले गरेका हुन् ।  

सहयोग रकम हस्तान्तरणपछि हस्पिसका ट्रस्टी प्रमुख डा ह्यारी बायर्नले गोर्खा सौनिकहरुको सहयोगप्रति आभार प्रकट गरे । 

च्यारिटी शोका लागि गोर्खाहरुले गरेको मेहनतको प्रशंसा गर्दै उनले समुदायबाट प्राप्त हुने यस्तै सहयोगबाट अफ्टेरो समयमा पनि आफूहरुको मनोबल उच्च रहने बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू