मंगलबार, असोज १, २०८१
00:13
|
०४:५८
क्यानाडामा पनि कोभिड १९ संक्रमण दोस्रो चरणमा
रासस-सिन्ह्वा
सेप्टेम्बर २४, २०२०
टोरन्टो-८ असोज–क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि कोभिड १९ सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिनुभयो ।
उहाँले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भन्नुभयो– ‘क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ ।’ उहाँले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिन सक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गर्नुभयो ।
क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा प्रकोप घटेको देखिए पनि पछिल्ला केही हप्ताहरुमा संक्रमित थपिएका छन् ।
यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् । तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५