बुधबार, वैशाख १२, २०८१
08:54 | १३:३९

फोनिज यूकेको तेस्रो अधिवेशन २४ अक्टोबरमा

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०


लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको तेस्रो अधिवेशन आउंदो महिना हुँदैछ ।  

गत अगस्ट ८ मा सम्पन्न कार्यसमिति बैठकले निर्धारण गरेअनुसार अक्टोबर २४ मा भर्चुअल माध्यमबाटै अधिवेशन गर्न लागिएको हो ।  

अधिवेशनले संस्थाको भावी नेतृत्व चयन गर्नेछ । कार्यसमिति बैठकले संस्थाका प्रमुख सल्लाहकार मेजर रि सोनाम शेर्पाको  संयोजकत्वमा एक निर्वाचन मण्डल गठन गरेको छ । जसमा सल्लाहकारहरु विमला सेने र नरेश खपांगीलाई सदस्य राखिएको छ ।

बैठकले सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको लागि आउंदो अक्टोबर १० तारिखसम्मको म्याद तोकेको छ। सदस्यता नविकरण र नयाँ सदस्यताको लागि शुल्क २० पाउन्ड लिने निर्णय भएको छ। 

बैठकमा संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज यूकेले  नेपालमा रहेका आदिवासी जनजाति पत्रकारहरुको लागि स्थापना गरिएको पाँच लाख रुपियाको अक्षयकोषबारे विशेष विवरण प्रस्तुत गरेकी थिइन् 

कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । बैठकमा उपस्थित सदस्यहरुबीच संस्थाका विभिन्न विषयमा यापक छलफल भएको थियो ।  

अध्यक्ष प्रमिला लाबुङ राईले अध्यक्षता गरेको बैठकमा संस्थाका उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य दिएका थिए। बैठकको संचालन महासचिव जमुना पुनले गरेकी थिइन् । 

बैठकमा सल्लाहकारहरु मेजर रि सोनाम शेर्पा, दुत पुन, विमला सेने,  कार्यसमितिका सचिव भिमल राई, सदस्यहरु होम किरात सुनुवार, मुकेश राई लगायतको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू