शुक्रबार, वैशाख ७, २०८१
08:51 | १३:३६

अनेसास केन्द्रीय महिला समितिमा बेलायतबाट भण्डारी

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२०

 

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महिला समितिमा बेलायतबाट मन्जु भण्डारी मनोनित भएकी छन् ।  

आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को अध्यक्षतामा बसेको कार्यसमिति बैठकले समितिलाई पूर्णता दिंदै बेलायतबाट भण्डारीलाई मनोनित गरेको हो । बेलायतमा रहेर साहित्य सिर्जनामा सक्रिय भण्डारी अनेसास यूकेकी सचिव पनि हुन् । 

अनेसास केन्द्रको महिला समितिका अन्य सदस्यहरूमा रजनी श्रेष्ठ (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका) , गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका), रिजा प्रधान (पर्थ, अस्ट्रेलिया ), शारदा पौडेल ‘निशा’ (स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान), जानुका ढुंगेल (फ्लोरिडा, अमेरिका) छन् ।

यसैगरी समितिले शान्ता अधिकारी घिमिरे (न्यूयोर्क, अमेरिका) लाई नवरत्न पुरस्कारका लागि संयोजकमा मनोनयन गरेको छ । अनेसासले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू