बिहीबार, चैत १५, २०८०
09:23 | १५:०८

खल्लो रहयो संविधान दिवस समारोह

रासस सेप्टेम्बर १९, २०२०

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै । तस्वीर- रोशन सापकोटा रासस

काठमाडौं । गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्साेल्लासपूर्ण रुपमा खुसीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले सोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।

विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन । आम नागरिकको मनमनमा संविधान भए पनि नेपाली जनताले विगतमा झैँ मन खोलेर दिवस समारोहमा सहभागी हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० सङ्क्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ ।

निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको हो । आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए ।

विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर-रासस

सहभागी थिए त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य रयाली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै सोभा बढाउन सक्यो ।

संविधान जारी भएको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजना भएको उक्त समारोहमा नेपाली सेनाको व्याण्ड टोलीले राष्ट्रिय भावनाले ओतप्रोत धुनसहित विभिन्न प्रस्तुति भने दिएका थिए । उनीहरुले अन्य सैन्य कला भने देखाउन पाएन् । हजारौँको बलिदानपछि सशस्त्र सङ्र्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको दिवस समारोहमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रङ्गीबिरङ्गी बेलुनसमेत उठाइएको थियो ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पणपछि छैठौँ संविधान दिवसको स्मरणमा शान्तिको प्रतिक छ जोडी परेवा उडाएर औपचारिक कार्यक्रम शुरु भएको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरा, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागीता थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पुरयाउने गरी फैलिएको कोभिड–१९ सङ्क्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनुपरेको सुनाए । उनले यसलाई छिट्टै परास्त गरेर मुलुकको हरके गतिविधि विगत झैँ चलायमान हुने विश्वाससमेत व्यक्त गरे ।

कोरोनाकालका कारण खुसीसाथ संविधान मनाउन नपाएपनि नेपालको संविधान आम नागरिकको मनमनमा रहेको अनुभूति गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू