शुक्रबार, चैत १६, २०८०
04:58 | १०:४३

नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो, थप ११ को मृत्यु

२४ घण्टाभित्र एक हजार ४४७ जना संक्रमित निको भए

रासस सेप्टेम्बर १९, २०२०

काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार दुई सय चार जना नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १७ हजार १२९ रहेको बताए । आज विभिन्न जिल्लामा गरी एक हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमणमुक्त हुनेको सङ्ख्या ४५ हजार दुई सय ६७ छ । हाल निको हुने प्रतिशत ७२ छ ।

पछिल्लो समय दश हजार तीन सय ३३ को परीक्षण गरिएको थियो । योसँगै हालसम्म नौँ लाख चार हजार सात सय छ नमूना परीक्षण भइसकेको छ । सङ्क्रमित मध्ये संस्थागत आइसोलेशनमा नौ हजार १५३ जना र होम आइसोलेशनमा नौ हजार ९७६ जना रहेको मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार सात सय ३५ छ । देशभर १७९ सङ्क्रमित सघन उपचारकक्षमा छन् । ३५ जना सङ्क्रमित भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

काठमाडौँ उपत्यकामा थपिए सात सय बढी
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।

थप ११ को मृत्यु

पछिल्लो समय कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू