शनिबार, वैशाख ८, २०८१
08:18 | १३:०३

लन्डनमा यसपटक नयाँ वर्षमा फायरवर्क्स नहुने

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२०

लन्डन । नयाँ वर्षको अवसर पारेर लन्डनमा गरिंदै आएको फायरवर्क्स योपटक नहुने भएको छ । कोरोना भाइरस महामारीका कारण नयाँ वर्षमा आयोजना गरिने फायरवर्क्स कार्यक्रम स्थगित  गरिएको लन्डन मेयर सादिक खानले बताए ।

उक्त फायरवर्क्स कार्यक्रममा लण्डनमा दशौँ हजारको संख्यामा मानिस जम्मा हुने गर्दथे । महामारीका कारण यतीका धेरै मानिसलाई उपस्थित गराउन सम्भव नहुने भएकोले विगतका वर्षमा जस्तो फायरवर्क्स नभएपनि लिभिंग रुममा बसेर टेलिभिजनको पर्दामा रमाउन सक्ने उपाए भने हुनसक्ने मेयर खानले बताए ।

सन् २०२० को नयाँ वर्षमा आयोजित फायरवर्क्स अवलोकन गर्न  एक लाख भन्दा बढी मानिस भेला भएका थिए । कार्यक्रममा १२ हजार भन्दा बढी फायरवर्क्स प्रदर्शन गरिएका थिए ।

संगीत समेत रहने उक्त कार्यक्रम टिभीमार्फत करिब १२ मिलियन मानिसले हेर्ने विश्वास गरिन्छ । 

हाल कायम रहेको ‘रुल अफ सिक्स’ अर्थात ६ जना भन्दा बढीको जमघट गर्न नपाइने नियम यो वर्षको अन्तसम्म लागू गरिने भएको हुँदा कुनै पनि ठूला इभेन्ट नहुने भएका छन् ।

लण्डनमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गर्दा सरकारले संक्रमण नियन्त्रण गर्न थप कदम चाल्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू