शुक्रबार, चैत १६, २०८०
01:24 | ०७:०९

बेलायतका भ्लोन्मे/प्ल्होन्मे गुरुङहरु संगठित

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२०

मेजर रिटायर्ड उदयबहादुर (भ्लोन्मे) गुरुङ एमबीइ

लन्डन । बेलायतमा रहेका सम्पूर्ण भ्लोन्मे/प्ल्होन्मे गुरुङहरु संगठित भएका छन् । भ्लोन्मे/प्ल्होन्मे बुद्धिजिवीहरुको एक भेलाले मेजर रिटायर्ड उदयबहादुर (भ्लोन्मे) गुरुङ ‘एमबीइ’ को अध्यक्षतामा ‘भ्लोन्मे/प्ल्होन्मे गुरुङ समाज’ गठन गरेको छ ।

समाजकोआव्हान कार्यसमिति उपाध्यक्षमा क्याप्टेन रि. कृष्णबहादुर प्ल्होन्मे गुरुङ, सचिवमा लालप्रसाद प्ल्होन्मे गुरुङ बीइएम, सहसचिव आसबहादुर प्ल्होन्मे गुरुङ, कोषाध्यक्ष कृष्णबहादुर प्ल्होन्मे गुरुङ, मिडिया कोअर्डिनेटर क्याप्टेन रि. राजेन्द्रमान प्ल्होन्मे गुरुङ, महिला संयोजक सुधा प्ल्होन्मे गुरुङ, संस्कृति, परम्परा संयोजक तथा एमसी योगेश प्ल्होन्मे गुरुङ, प्रोपर्टी कोअर्डिनेटर क्याप्टेन रि. बखतबहादुर भ्लोन्मे गुरुङ, पेय तथा खाना संयोजक कृष्णबहादुर प्ल्होन्मे गुरुङ छन् । उनीहरु सबै ट्रष्टी पनि हुन् ।

त्यसैगरि, सल्लाहकारहरुमा इन्सपेक्टर रि. खेमबहादुर भ्लोन्मे गुरुङ (कास्की), जंगबहादुर प्ल्होन्मे गुरुङ (पर्वत), हरिप्रसाद प्ल्होन्म गुरुङ (स्याङ्जा) र दीर्घ भ्लोन्मे गुरुङ (खोटाङ) लाई चुनिएको छ ।

क्षेत्रीय प्रतिनिधिहरुमा कास्कीबाट गोपीचन्द्र भ्लोन्मे गुरुङ, सूर्यबहादुर प्ल्होन्मे गुरुङ र धर्मराज भ्लोन्मे गुरुङ छन् । त्यसैगरि पर्वतबाट मेजर रि. गुप्तमान प्ल्होन्मे गुरुङ, हितकाजी प्ल्होन्मे गुरुङ (तमुधिं यूके उपाध्यक्ष), र मदन प्ल्होन्मे गुरुङलाई जिम्मेवारी दिइएको छ । स्याङ्जाबाट पदमबहादुर प्ल्होन्मे गुरुङ, लमजुङबाट लक्षिनबहादुर भ्लोन्मे गुरुङ एवं खोटाङका लागि दीर्घ भ्लोन्मे गुरुङलाई चयन गरिएको समाजले जनाएको छ ।

गत ३० अगस्ट, २०२० का दिन मेजर उदयबहादुर गुरुङ एमबीइले भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको अनलाइन (जुम) बैठक आव्हान गरेका थिए । कार्यक्रमको मुल उद्देश्य नेपालबाट बेलायत आएर बसोबास गरेका गुरुङमध्ये गुरुङ भाषामा भ्लोन्मे/प्ल्होन्मे भनेर चिनिने गुरुङहरुलाई गोलबन्द गर्नुका साथै भ्लोन्मे/प्ल्होन्मे गुरुङ थरहरु मध्ये एउटा मुल थर हो भनेर चिनाउनु थियो ।

उक्त भर्चुअल मिटिङले आफ्नो संस्कार, संस्कृति, पहिचान र इतिहास कसरी बचाएर राख्न सकिन्छ भन्ने विषयका साथै
वंशावलीको खोज अनुसन्धान गरी सकेसम्म यर्थाथमा आधारित लिखित दस्तावेज तयार गरी दोस्रो पुस्तालाई हस्तान्तरण 
गर्ने उद्देश्य समेत राखेको छ ।

बैठकले आफ्नो पुर्खेउली थलो, पुर्खाबाट विरासतको रुपमा पाएको आफ्नो मुल थर साथै संस्कार, रितीरिवाजको संरक्षण र सम्बर्धनका लागि चिन्तन मनन गरि संस्थाको विधान लेख्ने र संयुक्त अधिराज्य बेलायत र वेल्स्को कानूनभित्र रही संस्थालाई च्यारिटीमा दर्ता गर्ने समेत निर्णय गरेको छ ।

आगामी वर्ष भ्लोन्मे/प्ल्होन्मेहरु बसोबास गरेको नेपालका विभिन्न गाउंमा स्थलगत भ्रमण तथा अध्ययन गरी अभिलेख तयार गर्ने निर्णय पनि गरिएको छ । साथै वर्षमा एक पटक सम्पूर्ण बेलायतवासी भ्लोन्मे/प्ल्होन्मेहरुको रात्रीभोज-भेटघाट कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ । भविष्यमा संसारभर छरिएर रहेका भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुलाई समेत समेटने लक्ष्य छ ।

भ्लोन्मे/प्ल्होन्मेहरुको ऐतिहासिक भर्चुअल बैठकमा ३५ जना उपस्थित थिए । बैठकको अन्तमा नवगठित संस्थाका अध्यक्षले सबैलाई धन्यवाद दिंदै आफ्नो उद्देश्य अनुरुप अघि बढ्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू