बिहीबार, चैत १५, २०८०
16:22 | २२:०७

उपत्यकामा ४ सय ६४ सहित थप एक हजार ८१ जना नयां संक्रमित

थप ६ संक्रमितको मृत्यु

रासस सेप्टेम्बर ९, २०२०

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १५ हजार २५ रहेको जानकारी दिए ।

हालसम्म नेपालमा जम्मा सङ््क्रमित ४९ हजार २१९ छन् । आज विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३, ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय, बाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय, ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम १३० छन् ।

देशभर १६२ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । वाग्मतीमा २१ र ५ मा एक गरी २२ सङ्क्रमित भेण्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर नयाँ सङ्क्रमित भेटिएका छन् ।

प्रदेश १ का उदयपुरमा एक, ओखलढुङ््गामा तीन, खोटाङमा दुई, झापामा छ, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन् । प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन् ।

उपत्यकामा ४६४ नयाँ सङ्क्रमित
काठमाडौँ उपत्यकामा ४६४ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन् । वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक सङ्क्रमित फेला परेका छन् ।

प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन् । कर्णालीका जाजरकोटमा एक, दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई सङ्क्रमित फेला परेका छन् ।

आजसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन् ।

आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि
नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको प्रवक्ता डा गौतमले बताए । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको छ । नजीकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उनले बताए । उनले भने, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”

थप छ को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू