शुक्रबार, चैत १६, २०८०
21:31 | ०३:१६

उपत्यकामा ४ सय ८ सहित थप एक हजार ४१ मा कोरोना पुष्टि

रासस सेप्टेम्बर ५, २०२०

काठमाडौं । गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट नौ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले अहिलेसम्म सङ्क्रमित र सङ्क्रमणमुक्त समेतगरी ४५ हजार २७७ जनामा कोरोना सङ्क्रमण देखिएको बताए । देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ८७० छ । संस्थागत आइसोलेशनमा रहेका व्यक्तिको सङ्ख्या नौ हजार ८६६ छ ।
संस्थागत आइसोलशनअन्र्तगत प्रदेश नं १ मा ७९९, प्रदेश नं २ मा ३२५, वागमती प्रदेशमा पाँच हजार ८७५, गण्डकी प्रदेशमा ८६०, प्रदेश नं ५ मा ९०५, कर्णाली प्रदेशमा ३० र सुदूरपश्चिम प्रदेशमा ७७२ जना छन् । होम आइसोलेशनमा आठ हजार चार जना छन् ।
हालसम्म विश्वमा दुई करोड ६७ लाख ९९ हजार ४०९ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ७९ हजार २८ व्यक्तिको मृत्यु भइसकेको छ । एक करोड ८९ लाख १० हजार ४३० व्यक्ति विश्वभर यस रोगबाट निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनामा पिसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म जम्मा सात लाख ५७ हजार ९६३ को पिसीआर परीक्षण  गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या छ हजार ५६१ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू