शुक्रबार, वैशाख १४, २०८१
16:21 | २१:०६

नेपालमा ४४ हजार बढी संक्रमित, थप १४ जनाको मृत्यु

उपत्यकामा थपिए ४५४ सङ्क्रमित

रासस सेप्टेम्बर ४, २०२०

काठमाडौँ । विगत २४ घण्टामा देशभरमा एक हजार ३५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय निको भएर घर जानेको सङ्ख्या एक हजार ३५४ जना रहेको छ । यो सँगै निको हुनेको सङ्ख्या २५ हजार ५६१ जना रहेको छ । यो ५८ प्रतिशत हो । देशभरमा गरी १८ हजार ४०४ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेशनमा रहेका छन् । 

पाँच जिल्ला सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार छ जिल्ला सङ्क्रमण मुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्ला रहेका छन् । यस्तै उहाँले सङ्क्रमित देखिएकामध्ये १५१ जना सघन कक्षमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिए 

उपत्यकामा थपिए ४५४ सङ्क्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना सङ्क्रमित थपिएका छन् ।

१४ को निधन

पछिल्लो २४ घण्टामा चार महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै २७१ जनाको हालसम्म कारोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो समय मृत्यु हुनेमा काठमाडौँका तीन महिला २२, ६७ र ८२ वर्षीया तथा चितवनमा ३५ वर्षीयाको महिला रहेका छन् ।

मृत्यु हुने पुरुषमा सप्तरीका दुई ५५ वर्षका, धनुषामा ६५वर्षका, कास्कीमा ३१ वर्षका, नवलपरासीमा ३७ वर्षका, प्यूठानमा ५८ वर्षका, रुपन्देहीमा ७८ वर्षका, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू