शनिबार, वैशाख ८, २०८१
14:22 | १९:०७

काठमाडौंमा १ सय ७७ सहित थप ७ सय ४३ जनामा कोरोना संक्रमण

एकैदिन आठ जनाको निधन, मृत्यु हुनेको कुल संख्या १ सय ५७

नेपाली लिङ्क अगस्ट २४, २०२०

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण आज ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २३४ परीक्षण गरिएकोमा ७४३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तिमध्ये महिला २४६ र पुरुष ४९७ जना छन् ।

अहिलेसम्म नेपालमा ३२ हजार ६७८ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । यसैगरी आज १७५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ८०६ जना सङ्क्रमण जितेर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । निको हुने दर ५८ प्रतिशत छ ।

यसैगरी सङ्क्रमितमध्ये १३८ जना सघन उपचार कक्ष (आइसियु) मा र १५ जना भेन्टिलेटरमा उपचार गराईरहनु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २२४ जनामा सङ्क्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना आज देखिएका नयाँ सङ्क्रमित हुन् ।

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला सात वटा रहेका छन् । उहाँका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा, र काठमाडौ रहेका छन् ।

यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन् । यस्तै सक्रिय सङक्रमित १३ हजार ७१५ रहेका छन् भने आइसोलेसनमा नौ हजार १५४ जना र होमआइसोलेसनमा चार हजार ५६२ जना रहेका छन् ।

सङ्क्रमणबाट आठ जनाको निधन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू