मंगलबार, वैशाख ४, २०८१
11:30 | १६:१५

अबदेखि कहिल्यै गल्ति गर्ने छैन – दीपाश्री

नेपाली लिङ्क अगस्ट २३, २०२०


लन्डन । पछिल्लो समय लोकप्रिय तथा विशेष गरेर ‘महानायक’  विषयमा दिएको अन्तर्वार्ताका कारण निकै विवादित बनेकी  कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले तीनवटा गल्ति गरेको स्वीकार गरेकी छन् ।

जन्मदिनको अवसर पारेर फेसबुक लाइभमार्फत उनले आफूले गरेको गल्ति स्वीकार गर्दै भविष्यमा कुनै पनि गल्ति नदोहोर्याउने प्रण गरेकी हुन् ।

तीन दशक लामो समयमा आधा समय पीडादायक रहेको बताउंदै पछिल्लो समयमा सफलता हात पारे पनि व्यक्तित्व विकासमा अझै परिपक्क नभएको उनले बताइन् ।

हाँस्य सिरियल ‘तितो सत्य’ पछि कलाकारितामा आफूले पछाडी फर्किएर हेर्नु नपरेको समेत उल्लेख गरेकी दीपाले चलचित्र, टेलिचलचित्रमा दर्शकले दिएको माया प्रति आभार प्रकट गरेकी छन् ।

मिडियामा बोल्दा कुटनीतिक चलाखी अपनाउन नसक्नु आफ्नो कमजोरी भएको बताइन्। ‘माहानायक’ भन्ने शब्दप्रति इंगित गर्दै उनले कलाकार भएर आफू भन्दा सिनियर कलाकारको टिप्पणी गर्नु ठूलो गल्ति गरेको महशुष गरेकी छन् ।

तयारी बिना नै हतारमा अन्तरवार्तामा जानु, लगातार विभिन्न किसिमका प्रश्न सोधिए जसले गर्दा आफ्नो आवेगलाई नियन्त्रण गर्न नसक्नु र सिनियर कलाकारको टिप्पणी गर्नु जस्ता तीनवटा गल्ति उक्त अन्तर्वार्तामा गरेको निरौलाले बताएकी छन् ।

आफूले गरेको गल्तीले आफूलगायत सम्पूर्ण टीमलाई नै असर पुगेको भन्दै सबैसमक्ष माफी मागेकी छन् । साथै राम्रो चलचित्र लिएर आउने बाचासमेत उनले फेसबुक लाइभमार्फत गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू