बिहीबार, चैत १५, २०८०
08:33 | १४:१८

नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

नेपाली लिङ्क अगस्ट २०, २०२०

काठमाडौँ । नेपालमा कोरोना भाइरसका थप ७ सय ७ जना नयां संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ७४ जना छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

हाल देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ  भने क्वारेन्टिनमा ११ हजार ७ सय ६८ रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ हजार ८ सय ३२ जनामा  पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २ सय ६४ जना संक्रमित  निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७ सय ६८ जना संक्रमित  निको भएर घर फर्किएका छन् ।

थप जनाको मृत्यु

कोरोना भाइरसका कारण नेपालमा थप छजनाको मृत्यु भएको  मन्त्रालयले जानकारी दिएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू