बुधबार, वैशाख १२, २०८१
05:38 | १०:२३

नर्सिङ एसोसिएसनको १२ औं स्थापना दिवस १५ अगष्टमा

स्थापना दिवस र तीज कार्यक्रम एकै साथ 'भर्चुअल' हुने

नेपाली लिङ्क अगस्ट ८, २०२०


लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको १२ औं स्थापना दिवस भर्चुअल हुने भएको छ । पूर्व निर्धारित कार्यक्रम वर्तमान परिस्थितिका कारण भौतिक रुपमा गर्न असम्भव भएपछि १५ अगष्टमा जुममार्फत गरिने भएको हो ।

शनिबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले आगामी साता स्थापना दिवस र तीज कार्यक्रम एकै साथ गर्ने निर्णय गरेको महासचिव रस्मिता दर्लामीले बताइन् । ‘तय भइसकेका कार्यक्रम स्थगित गर्नुभन्दा भर्चुअलमै गरौं भन्ने निष्कर्ष निस्किएको हो’, दर्लामीले भनिन् ।

कार्यक्रममा एसोसिएसन स्थापनादेखि हालसम्मका गतिविधि, भावी कार्यक्रम चर्चा एवं तीजको मनोरन्जन हुनेछ । गायक दीपक थापाले गायनमार्फत मनोरन्जन दिनेछन् । अन्य कलाकारको पनि सहभागिता रहने छ ।

कोभिड १९ महामारीका बेला एसोसिएसनले कयौं वेबीनार मिटिङ गरि मेन्टल हेल्थ अवेरनेस, मेडिटेसन, कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सतर्कता र ‘फ्रण्टलाइन’ मा कार्यरत देश विदेशमा रहेका नर्स र सर्वसाधारणलाई उत्प्रेरणा दिएको थियो । नर्स गायिका शर्मिला बर्देवा र दीपक थापाले गीत समेत गाएर तनाव कम गर्न सघाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू