शुक्रबार, चैत १६, २०८०
07:24 | १३:०९

सगुनमा किन आँखा लाग्दैछन् ?

मधुर मिश्र अगस्ट ८, २०२०

गोविन्द गिरीको नेतृत्वमा बन्दै गरेको नयाँ सामाजिक सञ्जाल सगुनले निकै प्रगति गरेको हामी आफैंले अनुभव गरेका छौं ।

सन् २०१४ मा शुरु गरिएको सगुनले सन् २०१७ मा ‘मिनी आइपिओ’ मार्फत सर्वसाधारणबाट लगानी जुटाउँदै यो प्रोजेक्टलाई अगाडि बढाउने मौका अमेरिकी सरकारको नयाँ ‘जब्स् एक्ट’ ले सम्भव भएको हो ।

यही नियममा बसेर सगुनले मिनी आइपिओमार्फत सन् २०१७ मा करिब ५० लाख डलर संकलन गर्न सफल भएको थियो । त्यसपश्चात सगुनले आफ्ना गतिविधि तीव्ररुपमा अगाडि बढाउँदै लग्यो । सन् २०१८ मा एन्ड्रोइड एप लन्च गर्नु, करिब २० लाख भन्दा बढी नयां प्रयोगकर्ता जोड्नु, सन् २०१९ मा सोसल स्मार्टकार्ड लन्च गर्नु र हालसम्म करिब ८० लाख बढी युजरहरुले रजिस्टर गरिसकेको सगुन साँच्चि नै अगाडि बढिरहेको हामीले अनुभव गरेका छौं ।

तपाईंहरुले पनि नेपालीले नेतृत्व गरेको नयाँ सामाजिक सञ्जाल ‘सगुन लाइट’ डाउनलोड गर्नुभएको छैन् भने प्लेस्टोर अथवा एप स्टोरमा गएर सगुन एप डाउनलोड गरेर चलाउन सक्नुहुनेछ ।

जसरी उन्नाइसौं शताब्दीमा सम्पत्ति भनेर तेललाई चिनिन्थ्यो, त्यसरी नै अबको यो एक्काईसौं शताब्दीमा ‘युजर डेटा’ लाई सम्पत्ति भनेर चिनिंदैछ ।  तसर्थ युजर डेटाको महत्व बुझेर अब एक्काइसौं शताब्दीका कम्पनीहरुले ‘रिभेन्यू शेयरिङ मोडेल’ अपनाउनु पर्ने सगुनका संस्थापक गोविन्द गिरीको सोच छ । सगुन संसारकै पहिलो ‘गिफ्टिङ कम्पनी’ को रुपमा अगाडि बढिरहेको छ । यसमा अनेकौं नयाँ फिचर आउने क्रम जारी नै छ र भविष्यमा सगुनले निकै ठूलो स्थान प्राप्त गर्छ भन्ने सम्भावनामा हामी विश्वस्त छौं ।

त्यसो त केही पत्रपत्रिका र युट्युबमार्फत सगुनको बारेमा नानाथरी कुराहरु लेखेको अथवा भिडियोहरु बनाएको हामीले देख्दै आएका छौं ।  यसरी सगुनको बारेमा नकारात्मक कुरा बजारमा ल्याउन किन बाध्य भए त हाम्रा पत्रकार दाजुभाई दिदीबहिनीहरु ? के छ यसको भित्री कुरा ?

२०१७ मा यिनै पत्रिकाहरुमा सगुनको बारेमा राम्रा कुराहरु लेखेर छापिएको हामीले देखेका थियौँ । अहिले आएर यिनीहरूले नै सगुनको बारेमा नकारात्मक समाचार छाप्नुपर्ने बाध्यता किन आयो ? यो तपाईं हामी सबैले बुझ्न जरुरी छ ।

जब तपाईंको बारेमा कसैले नराम्रो प्रचार गर्न शुरु गर्दछन् तब तपाई सफलताको सिँढीमा निकै माथि पुगिसक्नु भएको छ भन्ने बुझ्न सकिन्छ ।  ठीक त्यसैगरी सगुनका संस्थापकहरु, डेभलपमेन्ट टिमहरु र सगुनलाई स्वयंसेवी रुपमा सघाउने सम्पूर्ण टिमहरु अत्यधिक जोश र जाँगरका साथ अघि बढिरहेका छन् ।

हामीले बुझ्नु के जरुरी छ भने सगुन जस्तै कम्पनीहरुले आफ्नो सुरुवाती स्थितिबाट अहिले सम्मको यात्रा कसरी सफल बनाए ? यो यात्रामा के कस्ता अप्ठ्याराहरु आउँछन् र त्यसलाई कसरी चिर्दै ती कम्पनीहरु अगाडि बढे यस्ता कुराहरुमा समय खर्च गरेर सबैलाई जागरुक गराउनु चाहिँ राम्रो होला जस्तो लाग्दछ । न कि मेहनत गरेर अगाडि बढिरहेको सम्पूर्ण टोलीको खुट्टा तान्न लागेर समय बर्बाद गर्नु ।

सगुन र नेपालको नाता

यद्यपि सगुन अन्तर्राष्ट्रिय कम्पनी भएतापनि नेपाली संस्थापकको नेतृत्वमा बन्दै गरेको कम्पनी भएकाले भोलि सगुन एउटा ठूलो कम्पनी भएको खण्डमा यस कम्पनीको मार्फतबाट नेपालले पनि धेरै ठूलो फड्को मार्न सक्दछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं ।

फड्को कसरी मार्न सक्दछ एकपल्ट हामीले यसलाई विश्लेषण गरौ । तपाईं हामीलाई थाहा भएकै कुरा हो नेपालमा अनेकौ सोसल मिडियाहरु प्रयोगमा आउँदै गरेका छन् । सोसल मिडियाहरुमा विज्ञापन राखेर कमाउने करिब २२  अर्ब नेपाली रुपैयाँ कहाँ जान्छ ? कसले कमाउँछ हामीलाई थाहा छैन । तर सगुनका संस्थापकले निस्वार्थ भावनाले एकजना नेपालीको हैसियतले सगुनले नेपालबाट कमाएको सम्पूर्ण मुनाफा नेपालमै खर्च गर्ने, नयाँ रोजगार सिर्जना गर्ने र नेपालको उन्नति र प्रगतिमा थप टेवा दिने उद्घोष गर्नुभएको छ्र

एउटा कम्पनीले देशलाई आर्थिक रुपमा कतिसम्म परिवर्तन गर्न सक्दछ भन्ने उदाहरण हामीले स्यामसङ, फेसबुक, एप्पल, अमेजन, माइक्रोसफ्ट जस्ता कम्पनीहरु मार्फत देखेकै छौं । हो बाटो अप्ठ्यारो छ, तर लक्ष्मीप्रसाद देवकोटाले भनेझै ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ सगुनका संस्थापक गोविन्द गिरीले एउटा विशाल परिकल्पना लिएर अगाडि बढिरहनु भएको छ ।

आइटी जगतमा जुन किसिमका परिवर्तनहरु भए, यस्ता परिवर्तनहरुमा हामी नेपालीले पनि केही गर्न सक्छौं भन्ने एउटा विश्वासको थालनी भएको  छ । सगुनलाई हामीले एउटा सफल कम्पनी बनायौं भने भोलि यसले अनेकौं गोविन्द गिरीहरु जन्माउनेछ र हामीलाई विश्वले हेर्ने नजर पनि परिवर्तन हुनेछ ।

सगुन हामी सबै नेपालीहरूको गौरवसँग जोडिएको संकल्प हो र हामी सबै मिलेर यो संकल्पलाई कसरी पूरा गर्न सकिन्छ भनेर आफ्नो आफ्नो क्षेत्रबाट कोसिस गर्नुपर्दछ जस्तो लाग्दछ ।

सगुनलाई कसरी सफल बनाउन सकिन्छ ?

सोसल मिडिया कम्पनीहरु सफल हुनुको मुख्य कारण यसमा रहेका प्रयोगकर्ताहरु नै हुन् । शुरुवाती अवस्थामा कम्पनीको प्रोडक्टहरु जब बिटा भर्सनमा बाहिर आउँछन् तब त्यसलाई परीक्षण गरेर, प्रयोग गरेर कम्पनीलाई आफ्नो प्रतिक्रिया दिएर मद्दत गर्न सकिन्छ ।  हामीहरुले जति धेरै प्रोडक्ट चलायो उत्ति नै धेरै त्यो कम्पनी सफल हुँदै जानेछ । भोलिका दिनहरुमा जब सगुनले आफ्नो सपिङ फिचर, गिफ्टिङ फिचर, च्याट फिचर र अन्य धेरै फिचरहरू बाहिर लिएर आउँछ, तब सगुन एउटा ग्लोबल प्लेटफर्म बनिसकेको हुन्छ । त्यो बेलासम्म तपाइँ हामीले सगुनलाई प्रयोग गरी राख्यौं भने सगुन सजिलै सफलताको शिखरमा पुग्न सक्दछ ।

र अझ राम्रो कुरो सगुनमा के छ भने, सगुनमा समय व्यतित गरेको त्यसै खेर जाँदैन् सगुन चलाए वापत प्रयोगकर्ताहरुले ‘स्मार्ट कोइन’ कमाउँछन् र त्यो कोइनहरु विभिन्न सेवा अथवा वस्तुहरुमा प्रयोग गर्न पनि सक्दछन् ।

लगानीकर्ताहरुलाई सन्देश:

एक लगानीकर्ताको रुपमा आफ्ना केही धारणा तपाईहरुसंग शेयर गर्न चाहन्छु । कुनैपनि स्टार्ट अप कम्पनीहरूमा लगानी गर्न जोखिमपूर्ण हुन्छ । वास्तवमा जोखिम विनाको कुनैपनि लगानी हुँदैन, स्टार्ट अप कम्पनीहरुमा जोखिम अझ बढी हुने गर्दछ । तर जोखिम नलिइकन कुनै पनि फाइदाको भागिदार हामी बन्न पाउँदैनौं । कस्ता कस्ता कम्पनीहरुमा जोखिम लिने, कस्तामा नलिने यी कुराहरु भने हामीले बुझेर निर्णय गर्न सक्दछौं ।

तर सगुनमा लगानी मात्र नभएर एउटा अभियानको रुपमा पनि हामी लगानी गर्न सक्दछौं । अरु सबै लगानीबाट हामीलाई आर्थिक फाइदा अथवा नोक्सान हुने गर्दछ भने सगुन सफल हुँदा हामीलाई चौतर्फी फाइदा हुने भएकोले यो अभियानमा जस जसले आ-आफ्नो देशभित्रको नियममा बसेर लगानी गर्न पाउनुहुन्छ उहाँहरु सबैलाई लगानी गर्न मेरो विनम्र अनुरोध छ ।

सगुन अमेरिकाको ‘एसइसी’ मा रजिस्टर भएको ग्लोबल कम्पनी हो । यो कम्पनीमा संसारभरबाट लगानी गरी शेयर खरिद गर्न पाइन्छ, यसमा कुनै रोक छैन् ।

तर केही देशहरुले आफ्नो देशबाट बिदेशी कम्पनीमा लगानी गर्न नपाउने नियम बनाएको हुँदा र ती केही देशमध्ये हाम्रो देश नेपाल पनि परेको हुँदा नेपालबाट भने यो ‘मिनी आइपिओ’ मा लगानी गर्न पाईंदैन् ।

www.sagoon.com/invest  मा गएर सगुनको शेयर खरिद गर्न सकिनेछ । जय  सगुन ! जय नेपाल !

(लन्डनमा बसोबास गर्ने लेखक सगुनका एक लगानीकर्ता हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू