शनिबार, वैशाख ८, २०८१
20:17 | ०१:०२

गेसोको रिटमा सरकारलाई कारण देखाउ आदेश

१५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश

नेपाली लिङ्क जुलाइ २६, २०२०

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले विदेशी सरकारबाट नियमित निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भन्ने नेपाल सरकारको निर्णय विरुद्ध दिएको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए ।

अन्तरिम आदेश सम्बन्धमा साउन १८ गते रिट निवेदकका कानून व्यवसायी र सरकारी पक्षको वहसपछि निर्णय समेत हुने सभापति राईले बताए ।

असमानताविरुद्ध लडाईंमा सर्वोच्च अदालतको आदेशले न्याय प्राप्त हुने गेसोको विश्वास छ । गेसोले एक विज्ञप्ति जारी गर्दै आफ्नो न्यायिक अभियानमा सहकार्य गरिरहेका भारतीय भूतपूर्व सैनिक, सिंगापुर पुलिस, वरिष्ठ अधिवक्ता, अधिवक्ता, सञ्चारकर्मी तथा सबैमा आभार व्यक्त गरेको छ । उसले आगामी दिनमा समेत सबै पक्षबाट सहयोग मिल्ने अपेक्षा पनि व्यक्त गरेको छ ।

गेसोको विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू