मंगलबार, २० अक्टोबर, २०२६
19:33 | ००:१८

आइसीसी विश्वकप लिग–२ शृंखला खेलेर फर्कियो क्रिकेट टोली

रासस अक्टोबर २०, २०२६

काठमाडौं । आइसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे ।

लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले शृंखलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले शृंखलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू