शुक्रबार, वैशाख १४, २०८१
22:14 | ०२:५९

ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका ७ को पहिचान खुल्यो

रासस जुलाइ १९, २०२०


प्युठान । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोवर्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

ट्रयाक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुंवरको पनि मृत्यु भएको उनले बताए । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२.५५ बजेको समयमा लु२च ४२३४ नं ट्रयाक्टर दुर्घटना भएको थियो । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना भएको थियो । ट्रयाक्टरमा आठ जना सवारमध्ये एक ट्रयाक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ ।

ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू