शुक्रबार, चैत १६, २०८०
04:57 | १०:४२

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

रासस जुलाइ १०, २०२०

काठमाडौँ । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ ।

भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारबाही गरेको छ ।

काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुटो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुरडटकम’ लाई बन्द गरेको छ ।

त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ ।

पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यससँगै प्रसारण बन्दको कारबाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको संख्या १ सय पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू