शुक्रबार, वैशाख ७, २०८१
00:42 | ०५:२७

देशैभर बाढी र पहिरोको वितण्डा

एक दर्जन बढीको मृत्यु, दर्जनौं बेपत्ता

नेपाली लिङ्क जुलाइ १०, २०२०

काठमाडौं । देशका विभिन्न भागमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गराएको छ ।

पहिरोमा पुरिएर पोखरामा ७ जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

त्यसैगरी म्याग्दीमा पहिरो र बाढीका कारण तीन जनाको मृत्यु हुनाको साथै ३० जना भन्दा बढी बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिकाको ताकममा २ जना र रघुगंगा गाउँपलिकाको डाँडाखानीमा एक जनाको मृत्यु भएको हो ।

त्यस्तै, बाढी र पहिरोमा परी गएराती नै लमजुङमा तीन जना र गुल्मीमा एक जनाले ज्यान गुमाएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका सार्कीगाउँमा पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता छन् ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा ठूलो क्षति पुर्याउनका साथै जनजीवन कष्टकर बनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू