शुक्रबार, चैत १६, २०८०
11:12 | १६:५७

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

थप २ सय ४ जना संक्रमित

नेपाली लिङ्क जुलाइ ७, २०२०

काठमान्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या कुल १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमान्डौ उपत्यकामा आज थप २८ जनामा संक्रमण देखिएको छ । उपत्यकामा हिजो ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी थप ६ सय ८८ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या ७ हजार ४ सय ९९ पुगेको छ । नेपालमा ४६ प्रतिशत भन्दा बढी संक्रमित निको भएका छन् ।

आज देशभर ६ हजार १ सय ३३ जनामा पीसीआर परीक्षण गरिएको हो । हालसम्म जम्मा २ लाख ६१ हजार ८ सय ६१ जनामा परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा २६ हजार ७ सय २७ र आइसोलेसनमा आठ हजार ६ सय ३४ रहेका छन् । नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू