शुक्रबार, वैशाख ७, २०८१
13:51 | १८:३६

नेपालमा कोरोनाबाट थप १ सय ८० संक्रमित, एकको मृत्यु

नेपाली लिङ्क जुलाइ ६, २०२०

काठमाण्डौ । गएको २४ घन्टामा नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । विगतको तुलनामा संक्रमित संख्या कम भएपनि काठमाण्डौ उपत्यकामा भने संक्रमित संख्या ह्वात्तै बढेको छ  ।

काठमान्डौ उपत्यकामा गएको २४ घन्टामा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसंगै नेपालमा कुल सङ्क्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको  छ । बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

अहिले क्वारेन्टाइनमा २९ हजार २ सय १५ र आइसोलेसनमा ९ हजार १ सय १८ जना रहेका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । असार २१ गते बाग्लुङको ढोरपाटन नगरपालिका निवासी २९ वर्षीय एकजना पुरुषको निधन भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३५ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू