शनिबार, वैशाख ८, २०८१
04:18 | ०९:०३

नेपालमा थप ४ सय ३४ जनामा कोरोनाको पुष्टि

नेपाली लिङ्क जुन २५, २०२०

काठमाडौं । गएको २४ घन्टाभित्र नेपालमा थप ४ सय ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १ सय ६२ जना पुगेको छ ।

थप ४८ जना महिला र ३ सय ८६ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन्  ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २ सय ९३ पुरुष गरी ३ सय १२ जना संक्रमित निको भएर घर फर्केका छन् ।

काठमान्डौका दुई पुरुष, ललितपुरका दुई पुरुष र भक्तपुरका तीन पुरुष तथा एक महिला पनि कोरोना संक्रमित भएका छन् ।

नेपालका ७७ जिल्लामध्य  हालसम्म देशका ७६ जिल्लामा कोरोनाको संक्संरमण  क्रमण देखिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू