मंगलबार, वैशाख ११, २०८१
09:19 | १४:०४

नेपालमा ६२ सय नाघे संक्रमित, एकैदिन थपिए ४ सय ५१

नेपाली लिङ्क जुन १५, २०२०

काठमाडौं । नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा यी संक्रमित थपिएको जानकारी दिइएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशभरमा संक्रमित हुनेहरुको जम्मा संख्या ६ हजार २ सय ११ पुगेको छ । अहिलेसम्म देशका कुल ७३ जिल्लामा संक्रमण फैलिएको उनले बताए ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशरभमा ६७ जना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरुमध्ये ६० पुरुष र ७ महिला छन् ।

पछिललोपटक जनकपुरबाट २४, पाटनबाट ४, वलम्बुबाट २, शिक्षण अस्पतालबाट २, कलैया अस्पतालबाट ६, सप्तरीबाट १७ , दाङबाट १२ जना डिस्चार्ज भएका हुन् । यससंगै हालसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ । जसमा पुरुष ९ सय ७ र महिला १ सय ४ जना छन् ।

अहिले देशभरमा १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टिनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १ सय ५१ जना छन् । सोमबार थप ४ सय ९९ जना ‘रेडजोन’ मा परेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू