शुक्रबार, वैशाख १४, २०८१
01:04 | ०५:४९

पोखरा ‘नेपाल–यूके फाउन्डेसन’ बाट थप सय परिवारलाई राहत

नेपाली लिङ्क जुन १४, २०२०

लन्डन । पोखरा ‘नेपाल–यूके फाउन्डेसन’ ले विपन्न १ सय परिवारलाई राहत वितरण गरेको छ ।

‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेसनले राहत वितरण गरेको हो ।

फाउन्डेसनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङमार्फत पठाएको हेल्पिङ ह्याण्ड्स प्रतिनिधि सुनिल गुरुङले जानकारी दिए ।

विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

यसअघि फाउन्डेसनले जक्सन डटकम, चलचित्र पत्रकार संघ नेपाल कास्की, पोखरा सांगीतिक  कलाकार संघ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५ सय ६० परिवारका करिब दुई हजार ६ सय जनालाई खाद्यान्न वितरण गरिसकेको जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू