शनिबार, साउन १२, २०८१
02:32 | ०७:१७

नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

नेपाली लिङ्क जुन १२, २०२०

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच  हजार नाघेको छ ।

शुक्रबार थप ४ सय ४८ जना संक्रमित भएपछि संक्रमितहरुको कुल संख्या ५ हजार ६२ पुगेको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा ४ सय २४  पुरुष र २४ जना महिला छन् ।

यसैगरी, शुक्रबार थप १६ जना डिस्चार्ज भएसंगै हालसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ८ सय ७७ पुगेको छ ।

हालसम्म पिसिआर र आरडीटी दुवै विधिबाट गरिएका परीक्षणको जम्मा संख्या एक लाख २१ हजार ८ सय ६२ पुगेको छ। अहिले देशभरमा क्वारेन्टिनमा रहने एक लाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चार हजार १ सय ६९ जना छन्।

हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू