बिहीबार, वैशाख १३, २०८१
02:21 | ०७:०६

थप २ सय ५० मा कोरोना पुष्टि, १ सय ८७ डिस्चार्ज

रासस जुन ११, २०२०

काठमाडौँ  । नेपालमा कोभिड-१९ को संक्रमण थप २ सय ५० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार २३० पुरुष र २० महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

थप संक्रमितसँगै अब कुल संक्रमतिको संख्या चार हजार ६ सय १४ पुगेको छ । जसमा पुरुषको संख्या चार हजार २ सय ८५ छ भने महिलाको संख्या ३ सय २९ छ ।

संक्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ ।

त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । त्यसमध्ये आठ महिला र १८९ पुरुष छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू