
काठमाडौँ । नेपालमा कोभिड १९ को संक्रमण बुधबार २ सय ७९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५७ पुरुष र २२ महिलामा संक्रमण देखिएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या चार हजार ३ सय ६४ पुगेको छ । तीमध्ये पुरुष चार हजार ५५ र महिला ३ सय ९ जना छन् ।
९० जना डिस्चार्ज
कोभिड १९ को संक्रमणबाट बुधबार थप ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
उनका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् ।
हालसम्म ६ सय ७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५ सय ९५ पुरुष र ७९ महिला छन् ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५