बुधबार, वैशाख १२, २०८१
06:30 | ११:१५

३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खस्यो

२ को मृत्यु, ६ घाइते

रासस जुन १०, २०२०

मान्म, २८ जेठ – कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । टिपर खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू