शुक्रबार, चैत १६, २०८०
06:54 | १२:३९

नेपालमा ४ हजार नाघे कोरोना संक्रमित

मृत्यु हुनेको संख्या १५

नेपाली लिङ्क जुन ९, २०२०

 

काठमाडौं । नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या चार हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ३ सय २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभरमा संक्रमितको कुल संख्या चार हजार ८५ पुगेको छ ।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिलामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

हालसम्म संक्रमण निको हुनेको संख्या ५ सय ८४ छ । मंगलबार मात्रै ९६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुलामा १०/१०, बाँकेमा ९, डडेलधुरा र सप्तरीमा ७ /७, दाङमा ६, सुर्खेतमा ४, मोरङमा ३ तथा जुम्ला र नुवाकोट २/२ जनाको कोरोना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी, इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा पनि एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू