शनिबार, वैशाख ८, २०८१
00:03 | ०४:४८

एनआरएनएद्वारा गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग

नेपाली लिङ्क जुन ९, २०२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुका लागि आर्थिक सहयोगको दायरा बढाएको छ ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्भवती महिला तथा बालबालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिबार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६/६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २/२ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

संघले हालसम्म विदेशमा कोभिड प्रभावित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार संघले आवश्यक परे कोरोना भाइरसका कारणले समस्यामा परेका नेपालीहरुका लागि अन्य देशमा पनि आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।

यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, कुवेत, युएई, साउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू