शुक्रबार, वैशाख ७, २०८१
12:51 | १७:३६

पोखरामा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट मृत्‍यु हुने १४ पुगे

नेपाली लिङ्क जुन ८, २०२०

फाइल तस्विर

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।

निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार मृतक यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका थिए ।  

उनको स्वाब परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइएको छ   

मृतक केही दिन पहिला मात्रै सुनौली नाका हुँदै भारतबाट फर्किएका थिए । 

यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १४ पुगेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू