शुक्रबार, वैशाख १४, २०८१
06:43 | ११:२८

कोरोनाबाट नेपालमा थप एकको मृत्यु, जम्मा मृतक संख्या १२

नेपाली लिङ्क जुन ६, २०२०

सुर्खेत । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

गत जेठ २० गते मृत्यु भएका डोल्पाका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

जगदुल्ला गाउँपालिका ३ डोल्पाका ती पुरुषको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए ।

भौगोलिक विकटताका कारण मृत्यु भएको दुई दिनपछि जेठ २२ गते स्वाब संकलन गरी जुम्ला प्रतिष्ठानमा पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा रावलले बताए ।

सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टिनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टिनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू