शुक्रबार, वैशाख ७, २०८१
18:24 | २३:०९

नेपालमा २६ सय नाघे संक्रमित, एकैदिन थपिए ३ सय ३४

कोरोनाबाट मृत्यु हुने १० पुगे

नेपाली लिङ्क जुन ४, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ ।

बिहीबार एकैदिन थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएसंगै देशमा संक्रमितको जम्मा संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

एक दिनकै अवधिमा यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । यसअघि बुधबार २ सय १ र मंगलबार २ सय २८ जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रयोशालामा १ सय ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा ९३ , भेरी अस्पतालमा ४२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८, धुलिखेल अस्पतालमा १७, पोखरास्थित प्रयोगशालामा १६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५, हेटौडास्थित प्रयोगशालामा ९, प्रदेश अस्पताल सुर्खेतमा ८, कोसी अस्पतालमा ५, सेती अस्पतालमा ३ तथा विराटनगर र वीरगञ्जमा एकएक जनामा संक्रमण भेटिएको हो ।

हालसम्म संक्रमण हुनेमध्ये २ हजार ४ सय ५० जना पुरुष छन् भने बाँकी १ सय ८४ जना महिला छन् ।

बिहीबार नै दुई दिनअघि मृत्यु भएका पाल्पाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अब देशमा कोरोनाका कारण ज्यान गुमाएका मानिसको संख्या १० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू