शुक्रबार, वैशाख १४, २०८१
01:12 | ०५:५७

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपाली लिङ्क जुन ४, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

दुई दिनअघि मृत्यु भएका ४५ वर्षीय एक पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पा पूर्वखोला गाउँपालिका १ घर भएका उनको जेठ २० गते मिसन अस्पताल, पाल्पामा मृत्यु भएको थियो ।

मृतकको संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

मृतक भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या पनि २ हजार ६ सय नाघिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू