शुक्रबार, वैशाख ७, २०८१
01:09 | ०५:५४

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

रासस जुन ४, २०२०

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार बिहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ९ गते भारतको मुम्बइबाट फर्किएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुंगो लाग्नेछ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो ।

ती युवालाई घरदेखि ४ सय मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा राखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू