बिहीबार, वैशाख १३, २०८१
07:39 | १२:२४

नेपालमा थप २ सय १ जनामा संक्रमण, संक्रमित २३ सय पुगे

रासस जुन ३, २०२०

काठमाडौँ । नेपालमा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये १ सय ७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई हजार ३ सय पुगेको छ ।

कोरोना संक्रमणका कारण दोलखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।

साथै, जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना संक्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै बुधबार मात्रै १२ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९ सय २४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए ।

हाल मुलुकभर एक लाख ५५ हजार ८ सय ६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू