बिहीबार, वैशाख १३, २०८१
22:59 | ०३:४४

नेपालमा कोरोना संक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु

कोरोनाले मृत्यु हुने ९ पुगे

नेपाली लिङ्क जुन ३, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो  ।

उनी गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनको ‘हेमोरेजिक स्ट्रोक’ भएकोमा सोको अपरेशन गरिएको थियो ।

यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । आईसीयूमा उपचारकै क्रममा बुधबार उनको निधन भएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नवौं व्यक्तिको कोरोनाका कारण निधन भएको पुष्टि गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू