शनिबार, चैत ८, २०८१
प्रधानमन्त्री ओलीद्वारा विज्ञसँग परामर्शको तयारी


नेपाली लिङ्क
जुन ३, २०२०
फाइल फोटो
काठमाडौँ। कोरोना महामारीका कारण देशको अवस्था नाजुक बन्दै गएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग परामर्शका गर्न लागेका छन् ।
आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूसँग यस्तो परामर्श बैठक तय गरिएको बताइएको छ ।
दैनिक रुपमा कोरोना संक्रमणको संख्या बढ्दै गएको अवस्थामा प्रधानमन्त्रीले विज्ञहरुसंग छलफल गर्न लागेका हुन् ।
यसैगरि जारी लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
मन्त्री परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ । आज अपरान्ह बस्ने बैठकमा पनि लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल गरिने सम्भावना रहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५