बिहीबार, चैत १५, २०८०
10:34 | १६:१९

नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

नेपाली लिङ्क जुन २, २०२०


काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या २०९९ पुगेको छ ।

मंगलबार थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमार्फत  जानकारी दिएका हुन् ।

थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्  ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू