शनिबार, वैशाख ८, २०८१
19:57 | ००:४२

नेपालमा हजार नाघे संक्रमित, एकै दिन थपिए १ सय ५६

नेपाली लिङ्क मे २८, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एक हजार नाघेको छ ।

पछिल्लो एक दिनमा १ सय ५६ जना संक्रमित थपिएपछि हालसम्म संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४२ पुगेको छ ।

पछिल्लोपटक धनुषामा २९ , रौतहटमा २०, महोत्तरीमा १७ , सप्तरीमा १४ , सुर्खेतमा १५ र दैलेखमा ८ लगायत थपिएका हुन् ।

हालसम्म देशभरमा कोरोनाबाट पाँच जनाको मृत्यु भइसकेको छ । संक्रमण निको भएर घर फर्किने १ सय ९० छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू