शुक्रबार, वैशाख १४, २०८१
09:06 | १३:५१

क्वारेन्टिनमा महिलाको मुत्यु

रासस मे २६, २०२०

प्युठान । प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको मंगलबार मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

भारतमा बस्दै आएकी उनी लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा टुंगो लगाउन प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए ।

महिलासँगै उनका श्रीमान, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् ।

मृतकका परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदैछ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भनिन्, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू