शुक्रबार, चैत १६, २०८०
13:17 | १९:०२

नेपालमा संक्रमितको संख्या नाघ्यो ५ सय, शुक्रबार थपिए ५०

नेपाली लिङ्क मे २२, २०२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

शुक्रबार एकै दिनमा ५० जना थप भएपछि संक्रमितको संख्या ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लोपटक शुक्रबार दिउँसो २० जनामा संक्रमण फेला परेको हो । त्यसअघि शुक्रबार बिहान नवलपरासी, कपिलवस्तु, चितवन र सर्लाहीका ३० जनामा संक्रमण भेटिएको थियो ।

प्रवक्ता देवकोटाका अनुसार सेती अस्पताल, भेरी अस्पताल र कोशी अस्पतालका प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । जसमा बाँकेका १४, कैलालीका ३ तथा बैतडी, डडेल्धुरा र मोरङका एकएकजना छन् ।

हालसम्म देशका विभिन्न ४० जिल्लामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष ४ सय ३३ र महिला ७४ छन् ।

त्यसैगरी, अहिलेसम्म निको भएर घर फर्किने संक्रमितको संख्या ७० छ । शुक्रबार मात्रै बाँकेका २१ संक्रमित एकैपटक डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू