शनिबार, वैशाख १५, २०८१
02:40 | ०७:२५

नेपालमा संक्रमित ४ सय २ पुगे, मंगलबार थपिए २७

नेपाली लिङ्क मे १९, २०२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा

लण्डन । नेपालमा मंगलबार थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नयाँ संक्रमितमा ३ जना काठमाडौंका हुन् । त्यस्तै, उपत्यकाकै ललितपुर र भक्तपुरमा पनि एक-एक जनामा संक्रमण भेटिएको छ ।

अब नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । हालसम्म निको भएर घर फर्किसकेका ३७ जना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू