शुक्रबार, चैत १६, २०८०
21:17 | ०३:०२

विहीबार नेपालमा सात वर्षीय बालकसहित ५ जनामा संक्रमण

संक्रमितको कुल संख्या २ सय ४९

रासस मे १४, २०२०

काठमाडौँ । नेपालमा ‘कोभिड-१९’ को संक्रमण विहीबार ५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।

यसअघि विहीबार बिहान मात्रै दुई जनामा संक्रमण भेटिएको थियो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ सय ४९ पुगेको छ ।

पछिल्लो पटक संक्रमित हुनेहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला छन् ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सबै संक्रमित व्यक्तिको अवस्था सामान्य छ र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू