शनिबार, वैशाख ८, २०८१
15:27 | २०:१२

नेपालमा कोरोना संक्रमित २ सय ४६ पुगे

रासस मे १४, २०२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनामा कोरोना संक्रमण भएको जनाएको छ   

मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । 

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए   

संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ । 

यसअघि विहीबार नै काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि संक्रमण भेटिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू