सोमबार, साउन १८, २०७८
12:43 | १७:२८

नपत्याउने खोलाले साँच्चै बगाउँछ कि कसो ?

नेपाली लिङ्क मे ५, २०२०

धेरै नयाँ – नयाँ योजना र आविष्कारहरु हामीले वर्षौंदेखि देख्दै आएका छौं । विभिन्न नयाँ प्रोडक्टहरु हामी केहि नसोची ‘डाउनलोड’ पनि गरेकै हुन्छौं । मन परे चलाइरहन्छौं, मन नपरे ‘अनस्टल’ गरिदिन्छौं ।

यदि ‘प्रोडक्ट’ उपयोगी र काम लाग्ने रहेछ भने त्यसको ‘युजर’ (प्रयोगकर्ता) बढ्दै जान्छन् अनि सयौं मिलियन ‘युजर’ भए भने त्यो कम्पनीको मूल्य विलियन डलरको हुँदोरहेछ ।

तपाईं आफै पनि इन्टरनेटमा हेर्न सक्नुहुन्छ कि एक्टिभ युजरको कारणले यी सबै इन्टरनेट कम्पनीहरु कति मुल्यवान भएका रहेछन् ।

त्यस्तै ‘इनोभेसन’ मध्ये एउटा फरक र नयाँ सोंचका रुपमा ‘सगुन’ लिएर हामीमाझ आउनुभएको छ गोविन्द गिरी । पहाडको एउटा कुनामा जन्मिएका गिरी दुई दशकदेखि अमेरिका बस्दै आउनुभएको छ ।

गोविन्द गिरीले हाम्रोमाझ आएर आफ्नो परिकल्पना शेयर गर्नुभएको र आर्थिक लगानी गर्न अनुरोध गर्नुभएको कुरा मैले मेरा अमेरिकामा बस्ने साथीहरुबाट सन् २०१५ तिर थाहा पाएको थिएँ । त्यतिबेला सगुनको प्रति कित्ता शेयर मुल्य निकै कम थियो । म लगायत मेरा धेरै साथीहरुले यो गाउँलेले के गर्न सक्ला भन्ने सोचेर लगानी गरेनौं । सानो रकम लगानी गर्ने विकल्प पनि थियो, तर हामीलाई पटक्कै विश्वास नै लागेन ।

त्यसको एक वर्षपछि हामीहरुले फेरि सगुनको लगानी खुला भएको बारेमा जानकारी पायौं । तर पनि हामीले लगानी गरेनौं ।

हामी आ-आफ्नै काम र जीवनमा व्यस्त थियौं । समय वित्दै गयो, उता सगुनले भने बिस्तारै आफ्नो काम गर्दै अगाडि बढ्दै गएछ । सन् २०१६ मा आइपुग्दा सगुनले ६ लाख युजर आफ्नो ‘प्लेटफर्म’ मा जुटाउन सफल पनि भएछ ।

लेखक अजित शर्मा

पुनः २०१७ मा सगुनले लगानीको अवसर लिएर नेपाली समाजबीच आयो । सगुनको लागि तत्कालिन प्रधानमन्त्री के पी ओली लगायत धेरै ख्यातिप्राप्त व्यक्तिहरुले पनि कुरा गर्न सुरु गरिसक्नुभएको थियो । २०१७ मा सगुनले ९३ मिलियन ‘भ्यालुएसन’ मा लगानी खुला गरेको थियो । फेरि पनि यो उनीहरुको नाटक हो भनेर मैले लगानी गरिन र वेवास्ता गरें ।

समय बित्दै गयो र सगुनले आफ्नो एप दुवै ‘एन्ड्रोइड’ र ‘एप्पल’ मा बिटा भर्सनमा निकालेछ । ‘स्मार्ट कार्ड’ पनि सफल परीक्षण गरी बिस्तारै प्रयोगमा आउन थालेछ । ‘युजर’ पनि ६ लाख बाट बढाएर लगभग ६० लाख पुर्याइसकेछ । र सगुनको प्लेटफर्ममा ‘युजर पार्टिसिपेसन’ पनि निकै प्रेणादायी हुदै गएछ ।

म तुरुन्त ‘फ्लासब्याक’ मा पुगें । यो सगुन त पटकपटक मेरो कान र आँखा आगाडि परेको थियो । आफ्नो भाग्य परीक्षण गर्ने सुनौलो मौका पनि दिएको थियो । मैले विश्वास नगर्नाले म छुटेको हो कि भन्ने निष्कर्षमा म पुगें । कृष्णलीलामा काले लुलो श्री कृष्णलाई नपत्याएर धेरैले दुःख पाएको कथा स्मरण भयो ।

के मैले नपत्याएको खोलाले साच्चिकै बगाउँछ त ? यही भावनाले मैले यो पटकको १ सय २६ मिलियन डलरको ‘भ्यालुएसन’ मा लगानी गर्ने निधो गरें । यदि साँच्चिकै यो कम्पनी ५ बिलियन डलरको भयो भने मेरो १ हजार डलर लगानीको प्रतिफल अझै पनि लगभग ४० हजार डलर हुने रहेछ ।

मैले बुझे अनुसार यस्ता आईटी कम्पनी यदि धेरै भन्दा धेरै ‘युजर’ आफ्नो प्लेटफर्ममा ‘इन्टरटेन’ गर्न सफल भए भने ५ विलियन मात्र हैन, निकै माथि पनि पुग्न सक्ने रहेछन् । यसर्थ यो जोखिम लिनको लागि मैले पहिला विश्वास नगरेका साथीहरुलाई पनि अनुरोध गरें ।

हरेक बिजनेसमा जोखिम त हुन्छ नै । वास्तवमा हाम्रो आफ्नो जीवनको नै के ठेगान हुन्छ र ? यसर्थ थोरै जोखिम लिन म सबैमा आग्रह गर्दछु ।

यदि मैले पहिला नै यसलाई नजर अन्दाज नगरेको भए म आज ७ डलर प्रति कित्ता नोक्सानमा पर्ने थिइन । तर अझै पनि केहि बिग्रिएको छैन । अब भने आगामी यात्रामा मा पनि सगुनको ट्रेनमा चढ्ने निधो गरें । यदि शुरुमै विश्वास गरेको भए आज यो लेख लेख्नपर्ने थिएन । कसैले पनि सहि अवसरलाई समयमा नचिनेर पछि पश्चाताप मान्दै यस्तो लेख फेरि लेख्नु नपरोस् ।

-अजित शर्मा, पिएचडी रिसर्चर, रेडिङ यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू